ताइपेइ । ताइवानमापनि भर्खरै ५.६ म्याग्निच्युडको भूकम्पले भवनहरू हल्लाएको छ । नेपालको जाजरकोटमापनि भूकम्पले हल्लाएको थियो । ताइवानका टापुमा लगातार कम्पनहरू गइरहेका छन् । जसले खासै क्षति नपुर्याए पनि नजिकिँदो ठूलो भूकम्पीय गतिविधिको संकेत दिन सक्ने अनुमान गरिएको छ।
सबैभन्दा ठूलो भूकम्प स्थानीय समय अनुसार बिहान १०ः११ बजे चियायी काउन्टीको दापु टाउनशिपमा १० किलोमिटर गहिराइमा गएको थियो। यो जानकारी ताइवानको केन्द्रीय मौसम प्रशासन र अमेरिकी भूगर्भ सर्वेक्षण विभागले दिएका छन्। भूकम्पको केन्द्र ताइपेइबाट करिब २५० किलोमिटर (१५५ माइल) दक्षिणमा रहेको थियो । जहाँ भवनहरू बेस्सरी हल्लिएका थिए।
त्यसपछि छोटो समयमै दापु क्षेत्रमा दर्जनभन्दा बढी साना परकम्पहरू महसुस गरिए। हालसम्म कुनै क्षति वा हताहतीको रिपोर्ट आएको छैन। यी सबै कम्पनहरू जनवरी २१ मा दापुमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका परकम्पहरू भएको बताइएको छ । उक्त भूकम्पले १५ जनालाई सामान्य घाइते बनाएको थियो र केही भवनहरू तथा राजमार्गका पुलहरूमा क्षति पुर्याएको थियो। By MillenniumPost

