२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने

Agriculture production should be doubled: Prime Minister

१८ माघ, काठमाडौँ । संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस