काठमाडौं । संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । सम्बोधन सकाएर फ्लोरतिर आउँदैगर्दा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथी प्रश्न तेर्स्याए । भने ‘धेरै कडा त भएन नि ?’
प्रचण्डले पनि छोटो जवाफ फर्काइहाले, ‘तपाईंको आफ्नै तरिका छँदैछ नि ।’ प्रचण्ड र ओलीको त्यो सवालजवाफले वरपर रहेका नेताहरू मुस्कुराए । सत्ता पक्ष र प्रतिपक्षबीच निक्कै लामो समयपछि छोटो भएपनि सम्वाद भएको थियो । प्रधानमन्त्री ओलीले रोष्ट्रममा जानुअघि आफ्नो लिखित सम्वोधनको एउटा कपी प्रचण्डको हातमा थमाएर गएका थिए ।
रोष्ट्रममा ओलीले झण्डै एक घण्टा सम्बोधन गरे । सम्बोधनको अन्त्यतिर मात्रै उनले लिखित मन्तव्यबाहिर रहे बोले । ओलीले रोष्ट्रममा लिखित सम्बोधन पढेर सुनाइरहँदा प्रचण्ड भने ओलीले दिएको त्यही कपी पढ्न तल्लीन देखिन्थे ।

