काठमाडौं । लोकदोहोरी गायिका बबिता बानिया (जेरी) ले अध्यात्मको बाटो रोज्दै आफूलाई ‘योगमाया सखी’का रूपमा परिचय गराउँदै श्रीमद्भागवत कथा वाचन सुरु गरेकी छन्।
उनको पहिलो भागवत कथा वाचनसहितको महायज्ञ माघ २२ देखि ३० गतेसम्म नागार्जुन नगरपालिका-१ रानीवनस्थित नागभूषण महादेव मन्दिरमा आयोजना हुनेछ। महायज्ञ वैदिक धर्मको प्रवर्द्धन र मन्दिरको विकासका लागि आयोजित गरिएको हो।
जेरीले डेढ दशकको दोहोरी यात्रा पछि स्व-अध्ययन र नेपाल-भारतका गुरुहरूसँगको प्रशिक्षणपछि कथा वाचन थालेकी हुन्। आयोजकले महायज्ञमा २० हजार भक्तजनको उपस्थिति अपेक्षा गरेको छ। गायिकाको केही समयअघि डिभोर्स भएको थियो ।
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार

