२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

एमालेसँगको गठबन्धनलाई ८४ सम्मै लैजाने कांग्रेसको निचोड

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको छ । आजको दलको बैठकमा भएको छलफल बारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताए ।

‘अहिले ३र३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ’, खतिवडाले भने । विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टीकरण दिए ।

‘प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सदन अन्त्यलगत्तै ल्याएका हुन् । हामीले लगानीसम्बन्धी अध्यादेश पारित गर्‍यौं त । यो आवश्यकता र औचित्यको आधारमा ल्याउने विषय हो’, उनले थपे । आगामी सदनमा कांग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए । दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।

 

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस