काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा कुल बजेटको १७.५८ प्रतिशतमात्र खर्च गरेको छ।
२४ अर्ब ९० करोड ६३ लाखको कुल बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख मात्र खर्च भएको महानगर वित्त विभागले जनाएको छ।
मुख्य खर्च विवरण:
-आर्थिक विकास: २५% (७४ करोडमा १८ करोड)
-सामाजिक विकास: १३.२३% (५३५ करोडमा ७० करोड)
-पूर्वाधार विकास: १३.६१% (११३६ करोडमा १५४ करोड)
-सुशासन: ८% (३२४ करोडमा २६ करोड)
-प्रशासनिक खर्च: ३९.९% (४१९ करोडमा १६७ करोड)
महानगरले मुख्य विकास शीर्षकहरूमा न्यून खर्च गर्न सकेको देखिएको छ।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

