२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

शिल्पाले छवि ओझाबाट लिइन् ‘चार करोडको’ घर, ५ वर्षपछि टुंगियो अंशमुद्दा

काठमाडौं । निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको लामो कानूनी विवाद अन्त्य भएको छ । छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिएर मिलापत्र भएको छ । शिल्पाले ४० लाख खर्चेर घर मर्मतसम्भार गरेपछि त्यहाँ बस्दैछिन्।

उनीहरूले दशैं अगाडि गरेको सम्झौताले छविको सम्पत्ति बाँडफाँटको मुद्दा टुंग्यायो। शिल्पाले अदालतको निर्णय अनुसार आफ्नो हिस्सामा एक घर मात्र मागेपछि यो विवाद टुंगियो। छविको निजी जीवनमा चार विवाह असफल भए र अब उनले चलचित्र मंगलम २ मा कमब्याक गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस