काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने थुनामुक्त हुने बलियो आधार देखिएको छ । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टी भएको छ । यो प्रतिवेदन अनुसार रविपनि अरुको कीर्ते कार्यबाट पीडित हुन् भन्ने देखिएको छ ।
प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक ल्याबले प्रतिवेदन दिएको छ । यो कागज अदालत गएपछि मुद्दा हेर्ने अधिकारीले गम्भीर रुपमा अध्ययन गरिरहेको कानून व्यवसायीहरुले जनाएका छन् ।
प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार

