२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस