२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपालका लागि भारतले छुट्टयायो ११ अर्ब २० करोड बजेट

१९ माघ, काठमाण्डौँ । भारतले नेपाललाई आर्थिक वर्ष २०२५–२६ मा सात ७ सय करोड भारतीय रुपैयाँ (११ अर्ब २० करोड रूपैयाँ) अनुदान सहयोग गर्ने भएको छ।

भारतीय अर्थमन्त्री निर्मला सितारमणले शनिवार संघिय सरकारको बजेटल्याउँदै यस्तो घोषणा गरेकी हुन्। सितारमणले यसअघि ल्याएको संसोधित बजेटले समेत यति नै रकम दिने उल्लेख गरेको थियो।

आम निर्वाचन अघि भारतमा पूर्ण बजेट नल्याउने व्यवस्था छ। आर्थिक वर्ष २०२३-२४ मा भारतले नेपाललाई ६५७ सय करोड भारू अनुदान दिने बजेटमा उल्लेख गरेको थियो।

यस आर्थिक वर्षमा सबैभन्दा धेरै अनुदान भुटानले ७२० करोड भारतीय रूपैयाँ अनुदान पाउने भएको छ।

विभिन्न मुलुकलाई भारतले कुल ५ हजार ४ सय ८३ सय भारतीय रूपैयाँ अनुदान दिने भएको हो।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस