२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । हितेन्द्रमान शाक्यले आफूलाई जिम्मेवारीबाट हटाई कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

सर्वोच्च अदालत प्रशासनले अग्राधिकारमा राखिएको यो मुद्दालाई सोमबार सुनुवाइ गर्ने भनी पेसी तोकेको हो । साढे तीन वर्षअघि दायर सो रिट निवेदनमा एकपटक प्रारम्भिक सुनुवाइ भएपछि मुद्दाको पालो नै नआएर रोकिएको छ ।

पटक-पटक पेसी तोकिएको मुद्दा स्थगित भइरहेको छ । सर्वोच्च अदालतले त्यो मुद्दालाई प्राथमिकता दिन अग्राधिकारको आदेश जारी गरिसकेको छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस