२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

पूर्व मन्त्री चौधरीलाई भाजपाको स्वागत

इटहरी / सुनसरी। पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सङ्घीय सांसद भगबती चौधरीलाई भारतको बनारसमा भाजपा नेताहरूले स्वागत एवम् सम्मान गरेका छन्।

उत्तर प्रदेशका सिप विकास मन्त्री कपिल देव अग्रवालको निमन्त्रणामा भारत उत्तर प्रदेश स्थित प्रयागराजमा लागिरहेको १४४ वर्षमा लाग्ने महाकुम्भ मेलामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पूर्व मन्त्री चौधरी यही माघ १७ गते भारत गएकी हुन्।बनारसमा भारत उत्तर प्रदेशका विधायक धर्मेन्द्र सिंह, गाउँ पञ्चायत मेयर राजा दूबे लगायतले भव्य स्वागत गरेका थिए। नेपाल भारत बिच सामाजिक, धार्मिक समानता रहेको भन्दै महाकुम्भ मेलामा सहभागी हुन् आएकोमा स्वागत एवम् धन्यवाद दिए, साथै वराहक्षेत्र लाग्ने मेलामा आँफुहरु पनि आउने प्रतिवाधता व्यक्त गरे।

नेपाली प्रतिनिधि टोलीमा पूर्व मन्त्री चौधरी सहित, राष्ट्रिय थारु आयोगका सदस्य भोला राम चौधरी, गढी गाउँपालिकाका अध्यक्ष आश नारायण चौधरी, नेकपा (एमाले) कोसी प्रदेश कमिटी सदस्य माया पोख्रेल, गढी वडा नं २ का वडा अध्यक्ष प्रभाकर माझी लगायत सहभागि रहेका थिए। उता महाकुम्भ मेलामा विभिन्न समयमा भाग दौड भइरहेको, आगलागी भइरहेको भन्दै समाचारहरू आइरहेको बेलामा चौधरी नेतृत्वको टोली पुग्दा भने अवस्था एकदम सामान्य रहेको, समाचारमा आए जस्तो अवस्था नरहेको, एकदमै व्यवस्थित रहेको चौधरीको सचिवालयले जनाएको छ।

महाकुम्भ मेलामा नेपाली टोलीलाई विश्व हिन्दु महासङ्घका अध्यक्ष डा. प्रविणभाई तोगडिया लगायत राष्ट्रिय बजरङ्ग पार्टीका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। मेलामा रहँदा नेपाली टोली लाई छुट्टै सेल्टरमा राखिएको थियो भने उक्त सेल्टरमा सुरक्षा व्यवस्था उत्तर प्रदेश सरकारले गरेको र खाने बस्ने व्यवस्थापन विश्व हिन्दु महासङ्घले गरेको, मेला प्रवेश, मेला भ्रमण, र मेलाबाट फर्किँदा मेला स्थल भन्दा ५ किलोमिटर बाहिर सम्म उत्तर प्रदेश प्रहरीको गाडीले स्कर्टिङ्ग गरेको चौधरीको सचिवालय श्रोतले बतायो।

मेलामा सहभागिताले नेपाल भारतको सम्बन्धमा भाइचारा विकास भएको भन्दै विश्व हिन्दु महासंघका पदाधिकारीहरुले पूर्व मन्त्री चौधरीको प्रसंसा गरेका थिए भने पूर्व मन्त्री चौधरीले सुनसरीको बराहक्षेत्रमा लाग्ने कुम्भ मेलामा सहभागी हुन् आग्रह गर्दै मेला आयोजक, उत्तर प्रदेश सरकार, बिसेष गरि मन्त्री अग्रवाल तथा विश्व हिन्दु महासङ्घ लाई धन्यवाद व्यक्त गरिन । मेलामा रहँदा विभिन्न भारतीय मिडियाले पूर्व मन्त्री चौधरीको अन्तर्वार्ता समेत लिएका थिए।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस