२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिका : एकै झट्कामा २० लाख सरकारी कर्मचारी जागिरविहीन

अमेरिकी सञ्चारमाध्यमका अनुसार एलन मस्कले २० लाख सरकारी कर्मचारीलाई जागिर छाड्न दबाब दिएको दाबी गरिएको छ। उनले कर्मचारीहरूलाई गोप्य इमेल पठाएर जागिरबाट बाहिरिन भनेको बताइन्छ।

फर्च्युनका अनुसार मस्कले सरकारी कर्मचारी हटाएर आफ्ना कम्पनीका कर्मचारी नियुक्त गर्न खोजेको आशंका गरिएको छ। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनलाई सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको थियो, जसले सरकारी कामलाई प्रभावकारी बनाउन सघाउने बताइन्छ।

न्यूयोर्क टाइम्सका रिपोर्टर जोनाथन स्वानका अनुसार मस्कले कार्यसम्पादन कमजोर भएको भन्दै कर्मचारी हटाउन खोजेका हुन्। उनले यो कदम २०२२ मा ट्विटरका कर्मचारीहरूलाई पठाइएको पत्रजस्तै रहेको दाबी गरेका छन्, जसले वासिङ्टनका सरकारी कार्यालयमा अस्थिरता पैदा गरेको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस