२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

२०५८ देखिका विद्यार्थीका लागि त्रिविको मौका परीक्षा (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बिहीबार सूचना जारी गर्दै २०५८ सालदेखि स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गर्न नसकेका विद्यार्थीहरूका लागि एकपटकका लागि मौका परीक्षाको फारम खुलाएको छ।

वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानून संकाय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ३ वर्षे र ४ वर्षे स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूले माघ २४ देखि फागुन २३ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। साधारण म्याद सकिएपछि एक हप्ताभित्र दोब्बर दस्तुरसहित फारम बुझाउन सकिने त्रिविले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस