२०८३ असोज ८ गते बिहिवार | 2026 September 24th Thursday

काठमाडौंका विद्यालयले बिदाको सूचना पठाउन थाले

काठमाडौं । भारी बर्षा र बाढीको पूर्व सूचना पाएपछि काठमाडौंका विद्यालयहरुलेपनि बिदा गर्न थालेका छन् । काठमाडौंको पानी पोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयले भोलि बिदा गरेको छ । शनिबार र आइतबार बिदा नै हुने भएकाले भोलि शुक्रबारका लागि बिदा दिइएको हो । अरु विद्यालयलेपनि क्रमश बिदाको सूचना पठाइरहेका छन् । मौसम, बर्षाको अवस्था हेरेर बिदा दिन मन्त्रालयले निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस