२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रतिनिधिसभा बैठक बस्दै, अध्यादेश प्रस्ताव नराखी निकालियो कार्यसूची

२५ माघ, काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद्‌ भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।
संघीय संसद्‌ सचिवालयका अनुसार आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतिय व्यापार विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने’ छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिबेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्विकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू महासन्धि, प्रोटोकल र सिफारिस सम्बन्धी प्रतिबेदन पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस