२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

चितवनमा खसीबोका बोकेको ट्रक पल्टियो, १९ वटा चौपाया मरे

२७ माघ , काठमाण्डौँ । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ वटा मरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस