२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

महाकुम्भ मेलामा ४२ करोडभन्दा बढीले गरे स्नान, महाशिवरात्रिसम्म जारी रहने

२७ माघ, काठमाण्डौँ । महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू गईरहेका छन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।

उत्तर प्रदेश सरकारले आइतवार महाकुम्भ सन् २०२५ मा करिब ८४ लाख २९ हजार भक्तजनले पवित्र स्नान गरेको बताएको छ । महाकुम्भ सन् २०२५ मा हालसम्म ४२ करोडभन्दा बढी भक्तजनले आस्थाको डुबकी लिएका छन् ।

महाकुम्भ सन् २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो, जसले विश्वभरका भक्तहरूलाई आकर्षित गर्दछ । महाशिवरात्रि २६ फेब्रुअरी सम्म यो भव्य कार्यक्रम चल्नेछ । यस कार्यक्रमले देश र विश्वभरबाट लाखौं भक्तजनहरूलाई आकर्षित गरिसकेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस