२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्रचण्डको सचिवालयमा व्यापक हेरफेर

People who adopted Byalgada's principle did not like the republic

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा जिम्मेवारीको हेरफेर गरिएको छ।

केन्द्रीय कार्यालयको मुख्यसचिवमा गणेशमान पुनलाई नियुक्त गरिएको छ। यसअघि श्रीराम ढकाल केन्द्रीय कार्यालयका मुख्यसचिव थिए। सचिवको रूपमा भने डोरप्रसाद उपाध्यायको नियुक्ति कायम रहेको छ।

प्रचण्डको सचिवालय प्रमुखको जिम्मेवारी गोविन्द आचार्यलाई दिइएको छ। हालका सचिवालय प्रमुख रमेश मल्ललाई अन्य जिम्मेवारी दिइएको छ।

सचिवालयमा सन्तु दराई, गंगा दाहाल, गोकर्ण प्रसाद भट्ट, र विश्वदीप पाण्डेलाई पनि राखिएको स्रोतले जनाएको छ। यसबारे आधिकारिक निर्णय आइतबार नै मातहतका कमिटीहरूलाई पत्राचार गरिएको स्रोतले थप जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस