२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले अभियोगपत्र दर्ता गर्ने

२८ माघ, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले अभियोगपत्र दर्ताको तयारी गरेको छ । सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका व्यक्तिहरूविरुद्ध अभियोगपत्र दर्ताको तयारी गरेको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका चार हजार ८०० मानिसले आफ्नो बचत रकम फिर्ता नभएको भनी दिएको उजूरीको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साले लामिछानेसहित करीब ३५ जनाविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । चितवनमा लामिछानेविरुद्ध उजुरी दर्ता भइसकेको र त्यहाँको प्रक्रिया सकिनासाथ जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लामिछानेविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिन आएको छ ।

लामिछानेविरुद्धको मुद्दामा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले केही दिनदेखि जिल्ला प्रहरी कार्यालयमा आएर सानो पाइलासम्बन्धी उजूरीलगायतका विषयमा अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस