२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

अन्तत: भिमबहादुर माओवादी केन्द्रमै फर्किए

२९ माघ , काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय कार्यसमिति परित्याग गरी सुर्खेतका भिमबहादुर मल्ल माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीको कर्णाली प्रदेश समितिको सातौं बैठकमा सहभागी हुन सुर्खेत आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मल्ललाई खादा र माला लगाई पार्टीमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रमा प्रवेश गर्दै भिमबहादुर मल्लले भट्टराईले नयाँ बनाउने नाममा कम्युनिष्ट विचार छाडेको साथै उनले भन्ने गरेको नयाँ विकल्पको दिशाहिन राजनीतिको औचित्य समेत समाप्त भएकाले आफू माओवादी पार्टीमा प्रवेश गरेको उनले बताए ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस