२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाण्डौँमा फेरि अर्को घटना : चोरीको मोबाइल लिन दुई पक्षबीच झडप, एक जनाको मृत्यु

२९ माघ, काठमाडौँ । काठमाडौँ महानरपालिका–७ चाबहिलस्थित कुमारीगालमा चोरीको मोबाइल लिन दुई पक्षबीच झडप हुँदा एक युवकको मृत्यु भएको छ ।
आइतबार बिहान ५ बजे दुई पक्षबीच झडप हुँदा चक्कु प्रहारबाट २३ वर्षीय अमृत भन्ने संघर्ष कार्कीको मृत्यु भएको हो । उक्त घटनाको मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

चोरीको मोबाइल धेरै महँगो पर्ने पनि नरहेको काठमाडौँ प्रहरी परिसरका एसपी प्रवक्ता तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए ।
‘एउटा समूहले सानो मोबाइल चोर्छ । मोबाइल चोरेको अर्को पक्षले देख्छ। त्यही मोबाइल कसले लैजाने भन्नेमा विवाद हुँदा चक्कु हानाहान हुन्छ । र एक जनाको मृत्यु हुन्छ । अर्का घाइते हुन्छ’, बोहोराले पत्रकार सम्मेलनमा भने ।

 

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस