२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

संसद नै अवरुद्ध हुने गरी रविबारे रामहरि खतिवडाले बोलेका कुराहरु के-के हुन् ?

२९ माघ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक विधि–प्रक्रियाअनुसार चलाउनु पर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले वैठक नै अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन् । खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने लक्षित गर्दै अभिव्यक्ति दिए ।

नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने समाचार सुन्नमा आएको उल्लेख गर्दै उनले भने, ‘तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौं–एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रमोशन गरेको हामीले हिजो देख्यौं।’ खतिवडाले अगाडि भने, ‘आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौं। कल्ले सदुपयोग गर्‍यो, कल्ले दुरुयोग गर्‍यो ? हामीले हेर्नुपर्ने बेला भएको छ ।’
तर, खतिवडाले नाम भने कसैको लिएनन् ।

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस