२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रोकिएन् सुनको मूल्यवृद्धि, दुई लाखसम्म पुग्न सक्ने आंकलन

Today Gold price in Nepal

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजारको आसपास कारोबार भइरहेको छ। सोमबार १ लाख ६९ हजार ६०० मा कारोबार भएको सुन मङ्गलबार १ लाख ७० हजार २०० मा पुगेको थियो। बुधबार भने १ लाख ६७ हजार ५०० र बिहीबार १ लाख ६९ हजार ८०० मा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यसको असर स्थानीय बजारमा परेको हो। अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिहरूले सुनको मूल्य बढ्न प्रेरित गरेको छ। पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार, मूल्य यस्तै बढे भने केही दिनमै सुनको मूल्य १ लाख ७५ हजारसम्म पुग्न सक्छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन हजार डलर पुगे भने, स्थानीय बजारमा सुनको मूल्य दुई लाखसम्म पुग्ने अनुमान छ।

पछिल्लो एक महिनामा सुनको मूल्य १५ हजार रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने सीमा निर्धारण गरेको छ।

सुनको मूल्य बढ्दा कारोबारमा कमी आएको छ। विवाह सिजन भए पनि माग घटेको र दैनिक १० देखि १५ किलो सुन खपत भइरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस