काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संविधान संशोधनको मिलनविन्दु प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् हुनसक्ने बताएका छन्। उनले यसले राजनीतिक स्थिरता र समावेशितामा ठूलो फड्को मार्न सकिने विश्वास व्यक्त गरे। संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा यसलाई परिमार्जन गर्न आवश्यक रहेको उनले जनाए।
पुनले संघीयता, सामाजिक न्याय, समानुपातिक समावेशी व्यवस्थालाई अझ मजबूत बनाउनुपर्ने माग गरे। उनले संविधान संशोधनबाट नै राजनीतिक स्थिरता, समृद्धि र सुशासन कायम गर्न सकिने बताए।
साथै, उनले अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले पूँजीगत खर्च बढाउनुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्ने सुझाव दिए। लघुवित्त र सहकारी संस्थाको समस्या समाधान गरेर नागरिकमा विश्वास जगाउनुपर्ने उनले जोड दिए।
पुनले जलविद्युत्, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रलाई अर्थतन्त्रको नयाँ आधार बनाउन सरकारले सहजीकरण गर्नुपर्ने बताए।
(स्रोत : रासस)

