प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्दै वर्तमान सरकारको स्थिरता र आगामी १७ महिनासम्म यसको निरन्तरता रहेको दाबी गरेका छन्। उनले भने, ‘सरकार ढलिहाल्छ भन्ने कुनै आशंका छैन, बलिया पार्टीहरूको गठबन्धनले स्थिर सरकार बनाएको छ।’
उनले आगामी १७ महिनापछि आफू स्वेच्छाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन्। ओलीले विपक्षीलाई कुनै पनि बल प्रयोग नगर्न र सरकारको स्थिरतामा बिश्वास राख्न आग्रह गरे।
यसैगरी, उनले आफ्नो कार्यकालमा कुनै पनि बाह्य दबाब र आलोचनाले आफूलाई असर नगर्ने कुरा जनाउँदै भने,’१७ महिनासम्म सरकार ढल्दैन।’ उनले आफूले स्वतन्त्र रूपमा सरकार चलाउने दाबी गर्दै थपे, ‘यदि म राजीनामा दिनु परेमा, म शेरबहादुर देउवालाई सहयोग गर्नेछु।’ यस घटनापछि ओलीले विपक्षी दललाई सरकारको स्थिरता र आफ्नो प्रधानमन्त्री पदमा कुनै पनि विघटनको प्रयास नगर्न चेतावनी दिएका छन्।

