२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकामा फेरि यो के भयो ? जब हावामै दुई विमान ठोक्किए

अमेरिकाको एरिजोना विमानस्थलमा दुई साना विमानहरू आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसार, बुधबार बिहान ८:२८ मा टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिक दुर्घटना भएको हो। जे सेस्ना १७२एस र ल्यान्केयर ३६० एमके II विमान एक अर्कामा ठोक्किएका थिए।

माराना प्रहरीले दुबै विमानमा चार जना सवार थिए र घटनामा दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ। थप अनुसन्धान जारी छ।

अमेरिकामा विमान दुर्घटनाका घटना बढिरहेका छन्, यसअघि टोरन्टो र अलास्कामा पनि विमान दुर्घटना भएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस