२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बालेनको ट्रम्पलाई कडा जवाफ, रवि समर्थक किन भड्किए?

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ फर्काएका छन्। नेपाललाई दिएको अनुदानबारे ट्रम्पको प्रतिक्रियाको जवाफमा बालेनले अमेरिकी नागरिकलाई “अल्छी” भनेका छन्।

बालेनले सामाजिक सञ्जालमा लेखे, “प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भन्ने महसुस गराउनुभएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने हाम्रा मान्छेहरू देश छोडेर गइरहेका छन्। तपाईं गरिब हुनुहुन्छ किनभने तपाईंका मान्छेले देश बनाउन सक्दैनन्। तपाईंका अल्छी मान्छेलाई यो गर्न बाँकी संसार चाहिन्छ।”

उनले ट्रम्पलाई डीभी (डाइभर्सिटी भिसा) लाई “दासत्व” को संज्ञा दिँदै बन्द गर्न सुझाव दिए। उनले थपे, “कृपया आफ्नो डीभी दासत्व बन्द गर्नुहोस्। हामी हाम्रा रत्नहरू फिर्ता पाउँछौँ। आफ्नो देशबाट बाँकी विश्वलाई प्रतिबन्ध लगाउनुहोस्, र संसारलाई बढ्न दिनुहोस्।”

बालेनको यो पोस्टमा धेरैले समर्थन जनाउँदै नेपालीमा अनुवाद गरेर सेयर गरेका छन्। तर, रवि लामिछानेका फ्यानहरू रिसाएका छन्। एकजनाले लेखे, “ट्रम्पलाई सुझाव दिने बालेनले आफ्नै देशमा रविमाथि भएको अत्याचारबारे किन बोल्दैनन्? ट्रम्पलाई सुझाव दिने हैसियत कसैको छैन। पहिला आफ्नो हैसियत बनाउनुपर्छ।” रविका समर्थकहरूले बालेनको यो टिप्पणीलाई आलोचना गर्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस