काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २०८२ असार १५ (जुन २०२५) भित्र हुने बताएकी छन्। शनिबार द हिन्दूसँगको कुराकानीमा उनले यो आशा व्यक्त गरेकी हुन्।
बिमस्टेक बैठकमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘साइडलाइन’ वार्ता हुने र अप्रिलमा बैंककमा हुने उक्त बैठकमा ओलीलाई भारत भ्रमणको निम्तो दिइएको राणाले दाबी गरिन्।
राणाले परराष्ट्रमन्त्री भएपछि दुईपटक दिल्ली भ्रमण गरिसकेकी छन्। ओलीको भारत भ्रमणमा ढिलाइले दुई देशबीच तनावको आशंका भएको द हिन्दूले उल्लेख गरेको छ। भारतबाट निम्तो नआएपछि ओलीले गत नोभेम्बरमा चीनबाट वैदेशिक यात्रा सुरु गरेका थिए।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार

