काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकाले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन्। आइतबार बाँकेमा आयोजित कार्यकर्ता भेटघाटमा उनले कांग्रेस र एमालेको दुईतिहाइ सरकारलाई सफल बनाउनैपर्ने जोड दिए।
“संविधान सुधार, आर्थिक अवस्था सुधार र सुशासन कायम गर्नैपर्छ,” उनले भने, “दुवै दलका शीर्ष नेताले गरेको सम्झौता पूरा गर्नुपर्छ।” सरकार औचित्यहीन नबनाउने र जनताको काम तीव्र गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रम कांग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलको अध्यक्षतामा भएको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार

