२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

जब प्रचण्डकै अगाडि जनार्दनले अब नेतृत्व बद्लिनुपर्छ भने…

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीको मूल नेतृत्व नबदलिए जनताका आवाज र आवश्यकता पूरा गर्न नसकिने बताएका छन्। झापाको कचनकवलमा सोमबार आयोजित तराई–मधेस जागरण अभियान सभामा उनले यस्तो धारणा राखे।
जनताका कुरा सुन्न अभियान चलाएको जिकिर गर्दै शर्माले भने, ‘माओवादीले मात्र जनताका अधुरा काम पूरा गर्न सक्छ, तर त्यसका लागि नेतृत्वले आफूलाई रुपान्तरण गर्नुपर्छ।’ उनले नेतृत्व टिमले आफैंलाई नबदले जनताको नेतृत्व गर्न नसकिने दोहोर्‍याए।
‘जनताका धेरै कुरा बाँकी छन्। त्यसका लागि माओवादीको नेतृत्व बदलिनुपर्छ, त्याग गर्न सक्नुपर्छ,’ उनले भने, ‘लोभ र मोहमा फसे सक्दैन। त्यागको शिक्षा लिन हामी जनतामाझ आएका छौं।’

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस