२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

प्यूठान पुगेर गगनले किन दिए सरकार छोड्ने चेतावनी?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यमा सरकार चलाउँदा विधिको शासनमा सम्झौता गर्नुपरे कांग्रेसले सरकार छाड्ने बताएका छन्। सोमबार प्यूठानमा आयोजित सभामा उनले भने, ‘०७९ सम्म हामी इमानदार रहन्छौं, तर विधिको शासनमा सम्झौता गर्नुपरे सरकार छाड्छौं, कानुनको शासनमा झुक्दैनौं।’

उनले आधारभूत र प्रजातान्त्रिक अधिकारमा सम्झौता स्वीकार्य नहुने दोहोर्‍याउँदै भने, ‘जनताको अधिकार खोसियो भने कांग्रेस सरकारमा बस्दैन।’ थापाले एमालेसँग बराबरीको सम्बन्ध चाहेको बताउँदै थपे, ‘केन्द्रदेखि जिल्लासम्म हामी न हेप्छौं, न हेपिन्छौं। दुर्व्यवहार भए कांग्रेस चुप लागेर बस्दैन।’

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस