२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

माओवादीको जागरण अभियानका लागि मोरङमा विद्यालय बन्द गर्न दबाब

विराटनगर । नेकपा माओवादी केन्द्रद्वारा सुरु गरिएको तराई–मधेश जागरण अभियान मोरङ प्रवेश गरेको छ। माओवादीले कानेपोखरी गाउँपालिकाका चार विद्यालयलाई पत्र पठाएर नै फागुन १३ गते विद्यालय बन्द गर्न दबाब दिएको छ।

पार्टीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको उपस्थितिमा हुने बृहत जनसभाका कारण विद्यार्थी प्रभावित हुने भन्दै पल एकेडेमी, बालजगत इङ्लिस बोर्डिङ, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङलाई बिदा दिन दबाब दिएको हो ।

साथै, रंगेली–कानेपोखरी सडक छेकेर मञ्च बनाइएकाले सवारी आवागमन प्रभावित भएको स्थानीयको गुनासो छ । यो विषय अहिले बहसको विषय बनेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस