काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। उनले लगातार शासनमा बसेका नेताहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाए।
ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सूचकांकलाई उल्लेख गर्दै ढकालले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने दाबी गरे पनि उनको नेतृत्वमा भ्रष्टाचार बढेको बताए। साथै, उनले रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध साँधेको आरोप लगाए। संसदीय छानबिन समितिको प्रतिवेदनले रवि लामिछानेको सहकारी प्रकरणमा प्रत्यक्ष संलग्नता नरहेको देखाएको भन्दै उनले सरकारले अनावश्यक मुद्दा लगाएको दाबी गरे।
प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार

