२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भने, एमाले–माओवादीको आपत्ति

काठमाडौं । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पुनः राष्ट्रिय सभालाई ‘वृद्धाश्रम’ भनेपछि एमाले र माओवादी सांसदले आपत्ति जनाएका छन्।

प्रतिनिधि सभामा आम सञ्चार विधेयकबारे छलफल गर्दै उनले राष्ट्रिय सभाले पर्याप्त अध्ययन नगरेको आरोप लगाए। ‘यदि अध्ययन नगर्ने हो भने यसलाई वृद्धाश्रम नभनेर के भन्ने ?’ उनले प्रश्न गरे।

शाहीको टिप्पणीप्रति माओवादी सचेतक हितराज पाण्डे र एमाले सांसद रघुजी पन्तले कडा आपत्ति जनाउँदै संविधानअनुसारको अभिव्यक्ति दिन आग्रह गरे।

तर, शाहीले राष्ट्रिय सभा विज्ञहरूको ठाउँ नभई राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बनेको आरोप लगाए। सभामुख देवराज घिमिरेले सांसदहरूलाई जिम्मेवारीपूर्वक बोल्न आग्रह गर्दै छलफल अगाडि बढाए।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस