२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

एमालेबाट निलम्बित उषाकिरण माओवादी नेतासँग देखिएपछि हंगामा!

नेकपा (एमाले) बाट निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीसँग झापामा भेट गरेकी छन्।

उनीहरूबीच बिहीबार झापामा भेटवार्ता भएको हो। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उषाकिरणले फेसबुकमा लेखेकी छन्, “झापा आएपछी रामदाईलाई नभेटी भएन । 🙏🤔“

गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले उषाकिरण तिम्सेना र अर्की नेता बिन्दा पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो। त्यसयता उनीहरू पार्टीको औपचारिक गतिविधिमा संलग्न छैनन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस