२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रिचार्जमा नयाँ व्यवस्था लागू, नयाँ नियम के छन्?

mobile phones

काठमाडौँ। अब मोबाइलमा ५० रुपैयाँ भन्दा कम रिचार्ज गर्न नमिल्ने भएको छ। नेपालका दुवै प्रमुख दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको न्यूनतम सीमा ५० रुपैयाँ कायम गरेका छन्, जुन पहिले १० रुपैयाँ थियो।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार, अब मोबाइल रिचार्ज टपअप सेवा बैङ्क र भुक्तानी सेवा प्रदायकमार्फत न्यूनतम ५० रुपैयाँ मात्रै गर्न मिल्नेछ। उनले जानकारी दिएका अनुसार, यो निर्णय वार्षिकोत्सवको दिन लिइएको भए पनि आज (फागुन १५) बाट कार्यान्वयनमा आएको छ।

उनले भने, “सानो रिचार्जले टपअपको सङ्ख्या बढाउने र भ्यालिडिटीको समस्या आउने भएकाले यो व्यवस्था गरिएको हो,” र यसमा कुनै आर्थिक कारण नरहेको पनि स्पष्ट पारे।

आजदेखि एनसेलले पनि यसभन्दा कम रकममा रिचार्ज गर्न नमिल्ने बनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस