२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

नेपाली कांग्रेसले कार्यदल बनाउने

नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने निर्णय गरेको छ। शेरबहादुर देउवा निवासमा भएको बैठकले सत्तारुढ दलहरूको बैठकमा यो प्रस्ताव गर्ने कुरा तय गरेको हो।

बैठकमा ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण विवादलाई वार्ताबाट समाधान गर्ने पक्षमा कांग्रेस रहेको पनि जनाइएको छ। बैठक अनौपचारिक भएकाले ठोस निर्णय भने भएन।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस