२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

अर्बपति एलन मस्कको १३ औं बच्चा ! आमा को हुन् ? -खुल्यो रहस्य

काठमाडौं । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्क फेरि चर्चामा छन्। अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ता एश्ले सेन्ट क्लेयरले हालै आफू मस्कको १३ औं बच्चाकी आमा भएको दाबी गरेकी छिन्। उनले आफ्नो एक्स (पूर्व ट्विटर) पोस्टमा लेखेकी थिइन् कि उनले पाँच महिनाअघि बच्चालाई जन्म दिएकी थिइन् र उनका बाबु मस्क हुन्।

एश्ले सेन्ट क्लेयरले मस्कसँगको सम्बन्धबारे पहिल्यै संकेत गरिसकेकी थिइन्। केही वर्षअघि उनले सामाजिक सञ्जालमा मस्कलाई विवाहको प्रस्ताव गर्ने इच्छा व्यक्त गरेकी थिइन्। अहिले यो खुलासाले ठूलो सनसनी मच्चाएको छ। उनले बच्चाको गोपनीयता जोगाउन चाहेको दाबी गरेकी थिइन्, तर मिडिया रिपोर्टपछि उनले यो घोषणा गर्नु परेको बताइन्।

उनको दाबीपछि मस्कले छोटो तर ध्यान खिच्ने प्रतिक्रिया दिएका छन्। मस्कले ‘वाह’ भन्ने मात्र जवाफ दिएका छन्, जसले घटनालाई अझ रहस्यमयी बनाएको छ। यसअघि पनि मस्कले विश्वभर जन्मदर घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै पृथ्वीलाई पुनः बसोबास गराउने अभियानमा आफू निरन्तर लाग्ने बताएका थिए।

एलन मस्कसँग यसअघि तीन महिलाबाट १२ सन्तान छन्। पहिलो श्रीमती जस्टिन विल्सनबाट पाँच बच्चाहरू छन्, गायिका ग्रिम्सबाट तीन सन्तान, र न्युरालिङ्ककी कार्यकारी शिवोन जिलिसबाट तीन सन्तान छन्। उनले २०२२ मा जन्मिएको आफ्नो बच्चालाई ‘जनसंख्याको अभाव संकट समाधान गर्न सहयोग’ भन्दै सन्तान जन्माउने विषयलाई समर्थन गरेका थिए।

एश्ले सेन्ट क्लेयरका अनुसार उनी बच्चालाई सामान्य जीवन दिन चाहन्छिन्। मिडियाले उनको गोपनीयतालाई सम्मान गर्नुपर्ने बताइन्। तर, मस्कसँग उनको वास्तविक सम्बन्धबारे अझै धेरै खुलासा आउन बाँकी छ। अब सबैको ध्यान मस्कको आधिकारिक पुष्टि वा थप जानकारीको प्रतीक्षामा छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस