२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

चितवनकी अस्मिताको हातमा आइफोनसँगै तीन लाखको चेक, १० लाख असुलीको पर्दाफास

काठमाडौं । मंगलबार दिउँसो प्रहरीले चितवन रत्ननगर नगरपालिका-८ की २८ वर्षीया अस्मिता आचार्यलाई हनी ट्र्यापमा संलग्न भएको आरोपमा काठमाडौं महानगरपालिका-१३ कुलेश्वरबाट पक्राउ गरेको छ।

अस्मिताले एक इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा बारम्बार मोबाइलमा सम्पर्क गरी रकम माग गरिरहेकी थिइन्। उनले रकम नदिएको खण्डमा उक्त व्यक्तिलाई जबरजस्ती करणीको मुद्दामा फसाउने र प्रहरी तथा परिवारलाई खबर गर्ने धम्की दिँदै पीडितसँग दश लाख रुपैयाँ माग गरेको थियो।

अस्मिताले पीडितबाट तीन लाख रुपैयाँ चेकमार्फत तिर्न र बाँकी सात लाख रुपैयाँएक हप्ताभित्र तिर्ने सर्तमा रकम असुली गरेकी थिइन्।

यस घटनाबारे जानकारी प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अस्मिता आचार्यलाई कुलेश्वरबाट पक्राउ गरि थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस