२०८२ फाल्गुन २७ गते बुधवार | 2026 March 11th Wednesday

चल्न थाल्यो फेसबुक, के भएको थियो ?

Facebook, YouTube, X to be shut down after end of Chaitra, reveals Communication Minister

काठमाडौं । फेसबुक नखुल्ने समस्या समाधान भएको छ । आज बिहान साढे ८ बजेदेखि फेसबुक खुल्न थालेको छ ।

डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो

ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको सन्देश डिस्प्ले भएको थियो । तर अहिले भने फेसबुक खुलिरहेको छ । के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस