२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

मह जोडीको स्पष्टीकरण: डलर जोडी आरोपबारे के भन्छन्? (भिडियोसहित)

मह जोडीले अमेरिकी सहयोग नियोग युएसएडको अनुदान लिएर हिन्दू धर्मविरोधी कार्यक्रम बनाएको भन्ने आरोपको खण्डन गरेका छन्।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक संयुक्त वक्तव्य जारी गर्दै आफूहरूले सचेतनामूलक कार्यक्रमहरू मात्र निर्माण गरेको र कुनै धर्मको पक्षपोषण वा विरोध नगरेको स्पष्ट पारे।

उनीहरूले सामाजिक सञ्जालमा भइरहेको प्रचारले चित्त दुखेको बताउँदै, आफ्नो कार्यक्रमहरू सार्वजनिक रूपमा उपलब्ध रहेको र कुनै धर्मविरोधी सामग्री नरहेको दाबी गरे।

मह जोडीले यस्तो भ्रामक कुरामा विश्वास नगर्न अनुरोध गर्दै, आफ्नो सिर्जनात्मक यात्रालाई निरन्तर अघि बढाउने बताए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस