२०८३ जेष्ठ ३० गते शनिवार | 2026 June 13th Saturday

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस