२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

ईरान–अमेरिका फेरि उच्च तनावतर्फ: इरानले ध्वस्त बनायो, अमेरिकी बेस कुबेतले यस्तो बोल्यो

तेहरान। बन्दर अब्बास बन्दरगाह नजिक अमेरिकी आक्रमणपछि ईरानी रिवोल्यूशनरी गार्ड्सले अमेरिकी एयरबेसमा ताबडतोड हमला गरेको दाबी गरेको छ। तस्नीम समाचार एजेन्सीका अनुसार, स्थानीय समय बिहान ४ः५० बजे गरिएको यो कारबाहीलाई ईरानले प्रतिशोधको रूपमा व्याख्या गरेको छ। यद्यपि, कुन अमेरिकी बेसलाई निशाना बनाइएको हो भन्ने खुलाइएको छैन।

आइआरजीसीले चेतावनी दिँदै भनेको छ—“यदि यस्ता आक्रमण दोहोरिए भने अझ घातक प्रतिक्रिया हुनेछ।” यसबीच, कुबेतको रक्षा मन्त्रालयले आफ्नो हवाई क्षेत्रतर्फ दागिएका मिसाइल र ड्रोनहरूलाई रोक्दै नष्ट गरिरहेको जनाएको छ। बुधबार राति अमेरिकी सेनाले बन्दर अब्बास क्षेत्रमा हवाई आक्रमण गरी एक सैन्य ठिकाना ध्वस्त पारेको थियो। अमेरिकी अधिकारीहरूले यो कारबाहीलाई ‘आत्मरक्षात्मक कदम’ भनेका छन्।

 

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस