२०८२ असार २५ गते बुधवार | 2025 July 9th Wednesday

चीनलाई बाँदर बेच्ने कुरा कहाँ पुग्यो ? : कांग्रेस सांसद खतिवडा

२८ माघ , काठमाडौँ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले किसानलाई दुख दिइरहेको बाँदर चीनलाई बेच्ने पहल कहाँ पुग्योरुभन्दै सरकारलाई प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले बाँदरले देशभर आतंक सिर्जना गरेको बताएका हुन् ।

श्रीलङ्‌काले चाइनालाई बाँदर बेचेर राजश्व पनि कमाउने र हानिकारक बाँदर पनि बेच्ने काम गर्‍यो । नेपालमा पनि बाँदरलाई हानिकारक जन्तु घोषणा गरेसँगै चीनतिर बेच्ने व्यवस्था गरेको छ कि छैन ? उनले वनमन्त्रीलाई प्रश्न गरे, यसतर्फ के पहल भइरहेको छ ?’ पहाडी क्षेत्रमा बाँदर आतंकले बस्नै नसकिने अवस्थाल भएको बताए ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस