२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

ट्रम्प–जेलेन्स्की वार्ता मै बाझाबाझपछि एमाले महासचिवको टिप्पणी : “छिमेकसँग सम्बन्ध बिग्रिए दुःख पाइने”

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्तापछि छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठूला राष्ट्रहरूले समेत कठिनाइ भोग्नुपर्ने धारणा राखेका छन्। ट्रम्प र जेलेन्स्कीबीच वार्तामा नै बाझाबाझ भएको भिडियो बाहिर आएपछि विभिन्न टिप्पणीहरु बाहिर आउँन थालेका छन् ।

फेसबुकमा पोखरेलले लेखेका छन्, “हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ। छिमेकीसँग सम्बन्ध बिग्रँदा शक्तिशाली राष्ट्रहरूलाई पनि ठूलो मूल्य चुकाउनुपर्ने देखिएको छ। बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र स्वार्थ आधारित हुँदो रहेछ।”

उनले क्षेत्रीय शान्तिविना विश्व शान्ति सम्भव नरहेको उल्लेख गर्दै एशियाली देशहरूले आपसी सम्बन्ध सुधार्न विशेष ध्यान दिनुपर्ने बताए। साथै, रूस-युक्रेन युद्ध, गाजा द्वन्द्व, र अमेरिकाको पछिल्लो रणनीतिले एशिया नै भूराजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्ने संकेत दिएको उनको भनाइ छ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस