२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

न त सम्झौता भयो, न खाना पाए, ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट कसरी निकाले?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको भेटवार्ता तीव्र विवादमा टुंगिएको छ। ट्रम्पले बैठकपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न आदेश दिएका थिए।

बैठकपछि हुने भनिएको लन्च र संयुक्त पत्रकार सम्मेलन अचानक रद्द गरियो। युक्रेनी प्रतिनिधिमण्डल वार्ताका लागि अझै आशावादी थियो, तर खनिज सम्झौताबारे कुनै निष्कर्ष ननिस्किएपछि उनीहरूलाई सामान्य नाश्ताको लागि समेत बोलाइएको थिएन।

ट्रम्पले बैठकपछि सामाजिक सञ्जाल ‘ट्रुथ’ मा लेखे, “जेलेन्स्कीले ओभल अफिसमा अपमानजनक व्यवहार देखाए। जब उनी शान्तिका लागि तयार हुन्छन्, तब फर्कन सक्छन्।”

यस विवादपछि जेलेन्स्की बेलायततर्फ प्रस्थान गरेका छन्, जहाँ उनी प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित युक्रेन सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस