२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ट्रम्पसँगको विवादपछि बेलायत पुगे जेलेन्स्की, २.२६ अर्ब पाउण्डको सैन्य सहायता सम्झौता

Zelensky Visits UK After Dispute with Trump, Signs £2.26 Billion Military Aid Deal

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पसँग विवादपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत पुगेका छन्। प्रधानमन्त्री कियर स्टार्मरसँगको भेटपछि बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता दिने सम्झौतामा हस्ताक्षर भएको छ।

बीबीसीका अनुसार यो सहायता बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुनेछ। यसअघि, ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण छलफलपछि अमेरिका-युक्रेन खनिज सम्झौता रद्द भएको थियो।

यसबीच, बेलायतले युरोपेली नेताहरूको बैठक बोलाएर रुस-युक्रेन युद्ध अन्त्य र रक्षा सुदृढीकरणबारे छलफल गर्न लागेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस