काठमाडौं । अमेरिकाको सिटी बैंकले गल्तीवश एक ग्राहकको खातामा ८१ ट्रिलियन डलर (११.२५९ पद्म नेपाली रुपैयाँ) जम्मा गरिदिएको घटना सार्वजनिक भएको छ।
फाइनान्सियल टाइम्सका अनुसार २८० डलर जम्मा गरिनुपर्ने स्थानमा कर्मचारीको त्रुटिले अकस्मात् विशाल रकम ट्रान्सफर भयो। करिब ९० मिनेटपछि अर्को कर्मचारीले यो गल्ती पत्ता लगाएपछि रकम फिर्ता गरिएको थियो।
बैंक निगरानी प्रणालीले तुरुन्तै त्रुटि समातेको र कुनै असर नपरेको बताएको छ। यस्ता गल्तीहरू दोहोरिन नदिन सिटी बैंकलाई गत वर्ष मात्रै अमेरिकी केन्द्रीय बैंकले १३६ मिलियन डलर जरिवाना गरेको थियो।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार

