२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सुर्खेतको भेरीगंगाका वडाध्यक्ष आग्रीको भारतमा निधन

१९ फागुन, काठमाण्डौँ । सुर्खेतको भेरीगंगा नगरपालिका–९ का वडाध्यक्ष प्रेमबहादुर आग्रीको उपचारका क्रममा निधन भएको छ ।

भारतको महाराष्ट्रमा क्यान्सरको उपचार गराइरहेका वडाध्यक्ष आग्रीको आइतबार मध्यराति निधन भएको परिवारले जनाएको छ । उनी विगत एक वर्षदेखि भारतमा उपचाररत थिए ।

उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस